नयाँगाउँमा हुने ‘सिक्स ए साइड एमेच्युअर फुटबल’को तयारी तिब्र
प्रतियोगिता १५ देखि १९ गतेसम्म चल्ने
पाेखरा | असोज १२, २०८१
पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहितत यही १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र भइरहेको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।
उनका अनुसार नयाँ गाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए ।
गुरुङका अनुसार १ वटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरु खेलेका खेलाडीहरु सहभागि हुन नपाउने गुरुङले जानकारी दिए ।
‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन् । उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गरिएको हो ।’

उनले सो कार्यक्रमको उद्घाटनको अवसरमा पोखरा १५ मा क्रियाशिल आमा समूहरुको झाँकीसहितको र्याली प्रतियोगितासमेत आयोजना गरिने जानकारी दिए ।
‘प्रतियोगितालाई भव्य बनाउका लागि हामीले उद्घाटन गर्नुअघि विभिन्न समूहको झाँकीसहितको र्याली प्रतियोगिता पनि राखेका छौ, उनले भने, ‘प्रथम हुने समूहलाई नगद रु ७ हजार र दोस्रो हुने समूहलाई नगद रु ५ हजारसहित प्रमाणपत्र प्रदान गर्नेछौं । यसले स्थानीय स्तरको कला संस्कृतिको जगृेर्ना गर्न सघाउ पुग्ने विश्वास लिएका छौं ।’
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, असोज १३ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८४६७७१७४३, ९८०६५०४५९९) बताइएको छ ।
सो प्रतियोगिता सफल बनाउनका लागि नयाँगाउँ युवा क्लब र संगम टोल विकास संस्थाको साथ रहेको विकास संस्थाका अध्यक्ष अदिप बरालले बताए ।
उनले युवाहरुको प्रतिभालाई उजागर गर्नका लागि सो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

यस्तै उपविजेता पुरस्कार राशी सौजन्य गरेको फ्याङ्कलिन एजुकेशन एकेडेमीका प्रबन्धक निर्देशक कमल खड्काले प्रतियोगिताले फुटबलको विकासमा टेवा पुर्याउने बताए । उनले आगामी दिनमा पनि सो प्रतियोगितालाई निरन्तरता दिनुपर्ने सुझाव दिदैं आफ्नोतर्फबाट सदैब सहयोग गर्न तयार रहेको बताएका थिए ।
उक्त प्रतियोगिताको मिडिाया पार्टनरका रुपमा सुनगाभा न्यूज रहेको छ भने, प्रतियोगिताका सबै खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।

बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

